काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले आइतबार दिउँसाे जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो। उहाँलाई सिंहदरमा भएको वस्तुस्थितिकाे बारेमा अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनुभयो। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा […]
धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३९२ मेट्रिकटन धान उत्पादनमा कमी आएको हो । गत वर्ष जिल्लामा दुई लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख ११ हजार ६७६ मेट्रिकटन […]