महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशो