काठमाडौं : चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साता पछि सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक पुस २८ गतेका लागि सारिएको उल्लेख गरेका हुन्। यसअघि पुस २२ गते केन्द्रीय समिति बैठक बस्ने भनिएको थियो। संसदको सबैभन्दा ठूलो दल भए पनि नेतृत्वले गठबन्धन जोगाउन नसक्दा संघ र प्रदेशमा प्रतिपक्षमा पुगेको कांग्रेसमा सभापति शेरबहादुर देउव