तलब सुविधा आयोगको संयोजक र सदस्य नियुक्त

अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब–भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेल र सदस्यहरू पूर्वसचिव विमल वाग्ले र राष्ट्र बैँकका...

सम्बन्धित सामग्री

नियुक्तिपत्र प्रदान

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्तिपत्र प्रदान गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौड्याल तथा सदस्यद्वय पूर्वसचिव विमल वाग्ले र नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्तिपत्र प्रदान गर्नुभयो। चालू आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरवलोकन गर्न तथा श्रमिकको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने व्यवस्थाबमोजिम आयोग गठन गरिएको थियो।