सन् १८८६ मा अमेरिकाको सिकागो सहरको हेमार्केटमा श्रमिकहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासाथ सुरु गरेको र्यालीमा प्रहरीहरूलाई लक्षित गरी बम विस्फोट भयो । विस्फोट गराउनेको परिचय नखुलेपछि आन्दोलन गरिरहेकाहरूमाथि गोली चलाउँदा सात मजदुरको मृत्यु भयो । त्यसपछि श्रमिक आन्दोलनले सफलता पाएको इतिहास छ । त्यसैको सम्झनामा हरेक मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइँदै आइएको छ ।