बुटवल उपमहानगरपालिकाले गर्‍यो पहिरो पीडितलाई राहतको घोषणा

बुटवल- बुटवल उपमहानगरपालिकाले पहिरो प्रभावित क्षेत्रका विस्थापित परिवारलाई राहत दिने घोषणा गरेको छ। उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि राहत र उद्धारमा चासो नदेखाएको भन्दै स्थानीयले आक्रमण गरेपछि नगर सरकारले राहतको कार्यक्रम घोषणा गरेको हो। सोमबार बुटवलको पहिरो प्रभावित ज्योतिनगर क्षेत्रको अवलोकनमा जाँदा स्थानीय गणेश पंगेनीले स्थानीय सरकारले बेवास्ता गरेको भन्दै प्रमुख सुवेदीमाथि आक्रमण गरेका थिए। प्रमुखमाथि […]

सम्बन्धित सामग्री

पहिरो प्रभावितलाई तत्काल राहत र व्यवस्थापन गर

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले जनताको जनजीवीकाका बिषयलाई गम्भिरतापूर्वक लिन र सम्बोधन गर्न मुख्यमन्त्री केसीलाई आग्रह गरे।...

ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो दिन माग

नेकपा एमाले बुटवल उपमहानगर कमिटीले ज्योतिनगर क्षेत्रको पहिरो स्थानीय सरकारको नियन्त्रण र व्यवस्थापनभन्दा बाहिर गएको भन्दै संघ र प्रदेश सरकारले चासो दिन माग गरेको छ।

चुरे विनाशले उच्च जोखिममा बुटवल : धराप बन्यो ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र

चुरेको काखमा अवस्थित बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगरमा गतसाता पहिरो आयो । पहिरोले ५२ घर उच्च जोखिममा छन् भने १० घर पुरिएका छन् । ६६ भन्दा बढी घरमा लेदो भरिँदा बस्न नमिल्ने भएको छ । चुरे पहाडबाट लेदोसहितको पहिरो आउन थालेपछि ज्योतिनगर र लक्ष्मीनगरमा बस्नै नै जोखिमपूर्ण अवस्था छ । पानी पर्दा स्थानीय निदाउन छाडेका छन् ।  पहिरोपछि १२ घरपरिवार विस्थापित भए भने अरू केही उच्च जोखिममा छन् । बुटवल उपमहानगर प्रमुख, इञ्जिनियर र प्राविधिकहरू केही दिनयता पहिरो प्रभावित क्षेत्रमा निरन्तर पुगेका छन् ...