वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेको छ । यस्तो अवस्थामा एक दलले प्रमुख एक पदमा मात्रै उम्मेदवारको भागवण्डा पाएका छन् ।यस्तो अवस्थामा प्रमुख÷उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था लागू नहुने देखिन्छ । अब संवैधानिक बाध्यता भन्दा पनि दलका नेताहरुको तजबीज हाबी हुँदैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा दलहरूले उठाउने उम्मेदवारको रोजाइमा मेयरका लागि धेरै पुरुष नै उम्मेदवार हुने निश्चित जस्तै छ । त्यसो हुँदा महि