अभिनेत्री आँचल शर्मा अहिले रोमानियामा छिन् । फिल्म ‘वर एण्ड वधु’ को छायाङ्कनका लागि उनी त्यहाँ पुगेकी हुन् । रोमानियामा विभिन्न ठाउँमा फिल्मको छायाँकन भइरहेको छ । फिल्म युनिटले फिल्मको रोमानिया छायाङ्कनका केही तस्विरहरू सार्वजनिक गरेको छ । जसमा आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक मुडमा देखिएका छन् । फिल्मका निर्देशक मिलन चाम्स हुन् । चाम्सले ३ दिनमा फिल्मको रोमानिया छायाङ्कन सकिने र बाँकी छायाङ्कन नेपालमा गर्ने बताए ।रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको फिल्म