जनकपुरधाम : झुलन महोत्सवको रौनकता यतिवेला जनकपुरधाममा छाएको छ। साँझ पर्नासाथ रामजानकी, लक्ष्मण तथा राधाकृष्ण मन्दिरहरुमा झुल्नोत्सवको गीतगान सहितको रमझम सुरु हुन्छ।दुलहीझैँ सजाइएको झुलामा भगवान सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने यस महोत्सवको आफनै धार्मिक महत्व छ।साँझ पर्नासाथ जनकपुरधाम सहित यसक्षेत्रको रामजानकी र राधाकृष्ण मन्दिरहरुमा बेग्लै दृश्य देख्न पाइन्छ। श्रावण शुक्ल तृतियादेखि श्रावण पूर्णिमा रक्षाबन्धनसम्म परम्परागत रुपमा जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर