२१ वटा खानेपानी योजना निर्माण : २३६० स्थानीय घरमा पुग्यो पिउने पानी

काठमाडौँ – जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले जाजरकोटमा २१ वटा खानेपानी योजनाहरु सम्पन्न गरेको बताएको छ । यहाँका २ हजार ३६० घुरधुरीले खानेपानी उपभोग गर्न पाएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । चार ठाउँमा लिप्ट मार्फत खानेपानी ल्याइएकोमा भेरी नगरपालिका १ रिम्ना , १० भुरचौरमा लिप्ट […]

सम्बन्धित सामग्री

हुम्लाको ताङ्गिन गाउँमा घरघरमा खानेपानीका धारा (फोटो फिचर)

खोलाको पानी सधैँ पिउँदै आएका दुर्गमको ताङ्गिन गाउँका बासिन्दा घरघरमा धारा जडान गरेर खानेपानी पाउन थालेका छन् । शुद्ध पिउने पानी गाउँवासीलाई पुर्याउने वडाको लक्ष्यलाई पूरा गर्न खानेपानी योजना निर्माण भएपछि यो सम्भव भएको हो । वडाको रणनीति घरघरमा खानेपानीको धारा निर्माण रहे अनुसार त्यसलाई पुरा गरिएको वडा अध्यक्ष प्रेम बहादुर लामाले बताउनुभयो । नाम्खा गाउँपालिकाको वडा नम्बर १ को दुरदराजको ताङ्गिन गाउँका पचास घरधुरीमा खानेपानीका धारा जडान भएको उहाँले बताउनुभयो ।