काठमाण्डाै - मनसुन र नेपाल भित्रिएको पानी पार्ने प्रणाली कमजोर बनेसँगै मौसम खुल्न थालेको छ । अब ठूलो वर्षाको सम्भावना नरहेकाे मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरिनसकेकाले हल्का वर्षा भने हुने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ ।
बेलाबेला बादल लागे पनि ठूलो वर्षाको सम्भावना छैन । तर यसअघिको वर्षाकै कारण पनि पहाडी क्षेत्र र भिरालो जमिनमा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । केही दिनअघिको लगातारको ...