प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलका सांसदहरुले उनी लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान अक्षम रहेको बताएका छन् । ९८ सांसदले महाभियोग लगाउनुको आधार र कारणहरु खुलाउँदै यस्तो बताएका हुन् । संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्तावमा सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै जबराको कार्यकालमा अतिशय विकृति, विसंगती