एकपछि अर्को विवादमा फस्दै गएका प्रधानन्यायाधीश गोपाल पराजुलीका विषयमा सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) विभाजित भएको छ। सार्वजनिक रूपमै अाफ्नो विरोध हुन थालेपछि पराजुलीले सर्वोच्च अदालतको फुलकोर्ट बोलएर समर्थन खोजेका थिए। तर 'व्यक्तिगत विवाद’मा सर्वोच्चलाई मुछ्न नहुने भन्दै केही न्यायाधीशले उनको प्रस्ताव अस्वीकार गरे। न्यायधीशहरूबीचको विभाजनपछि फुलकोर्ट कुनै पनि निर्णय नगरी टुंगिएको थियो। सेतोपाटीले कुरा गरेका…