यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै धनगढीबाट पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो । अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने याताय