जुधेर मर्छ गैँडा

चितवन : चितवन निकुञ्जलमा जुधेर एक गैंडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुन्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त गस्ती टोलीले भेल्लर घारीमा एक सिंगे गैडा मृत अवस्थामा फेला पारेको हो।चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान पोष्ट नजिक अन्दाजी २५ वर्षको पोथी गैँडा मरेको हो। आपसमा जुधेर गैंडा मरेको निकुञ्जले जनाएको छ। यसरी जुधेर यसअघि पनि पटकपटक गैंडा मरेको छ।यो सँगै चितवन राष्ट्रिय निकुन्ज र मध्यवार्ती क्षेत्रमा चालु आर्थिक वर्षमा विभिन्न कारणबाट ५गैँडा मरिसकेको छ।&nb

सम्बन्धित सामग्री

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु

चितवन – चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ। नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार […]

मृतावस्थामा गैँडा फेला

चितवन, २५ असोज । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए । उनले भने, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा […]

गैँडा मार्न विद्युतीय धराप

चितवन, माघ ८ गते । गैँडा सिकारीले गैँडा मार्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका छन् । खाग तस्करीका लागि गोली हानेर गैँडा मार्ने परम्परागत शैली परिवर्तन गर्दै तस्करले विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् । त्यसैको पछिल्लो घटना चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको अमलटारी इलाकामा शुक्रबार भएको छ । उक्त घटनामा एकै […]

आज विश्व गैँडा दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व गैँडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । गैँडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्ल्यूडब्ल्यू एफले सन् २०१० देखि सेम्टेम्बर २२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो । विश्वमा पाँच थरीका गैँडा भए पनि नेपालमा भने एक सिङ्गे गैँडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैँडा छन् । यस्तै, आज सामाजिक सेवा दिवस हो । २०३४ साल असोज ...

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरे, अब कति छन् गैँडा ?

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिकवर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा […]

गैँडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८÷२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो । यसअघि फागुन ९ गते निकुञ्जको खोरिया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच÷छ महिनाको बच्चा फेला परेको थियो । योसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन्

जुधेर गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको  टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६÷१७ वर्षको भाले गैँडा मरेको हो । अर्काे गैँडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैँडा पुगेको थियो ।       गैँडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।  योसँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैँडा मरेका छन् । जसम...

तस्वीर – दुर्लभ एक सिङ्गे गैँडा

चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा देखिएको दुर्लभ एक सिङ्गे गैँडा । राष्ट्रिय गैँडा गणना २०७८ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । तस्वीरः टेकराज पोखरेल, रासस

बर्दियामा बुधबारदेखि गैँडा गणना सुरु

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारबाट गैँडा गणना सुरु भएको छ। मंगलबार गैँडा गणनामा खटिने सम्पूर्ण कर्मचारीहरुलाई तालिम प्रदान गरिएसँगै बुधबारबाट गणना सुरु गरिएको हो।बर्दिया राष्ट्रिय निकुञ्जले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।आजबाट सुरु भएको गैँडा गणना १४ दिनसम्म चल्ने निकुञ्जले जनाएको छ। गैँडा गणनाका लागि बर्दिया निकुञ्जका नौ र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरी १० वटा हात्तीक

सहज छैन गैँडा गणना

आगामी सोमबार (९ चैत)देखि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना हुँदै छ । बर्दिया, शुक्लाफाँटालगायत देशभर नै चैतभित्रै गैँडा गणनाको तयारी छ । हरेक ५ वर्षको अन्तरालमा गैँडा गणना गरिँदै आएको...