कृषि क्षेत्रमा जलवायु परिवर्तन, विज्ञहरूद्वारा चिन्ता व्यक्त

कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

जलवायु परिवर्तन र अनुकूलन

जलवायु परिवर्तन संसारभरिकै जल्दोबल्दो मुद्दा हो । निकै वर्षअघि नै जलवायु परिवर्तन हुँदै गए पनि पछिल्ला दिनमा यसको चर्चा, परिचर्चा अलि बढी नै हुने गरेको छ । जलवायु परिवर्तनको बारेमा मुख्यगरी दुईटा मत बलियो रूपमा रहेको पाइन्छ । एउटा, जलवायु परिवर्तन केवल होक्स (हौवा) हो भन्ने मत छ भने अर्को यो मानव जाति र सिंगो प्रकृतिका लागि गम्भीर विषय हो भन्ने छ । यस्ता मतमा जुन बलियो भए पनि प्रकृतिमा जलवायु परिवर्तन भइरहेको छ । यस्तो परिवर्तनले समाजमा नकारात्मक र सकारात्मक दुवैखाले प्रभाव परिरहेको छ ।  नेपालकै कुरा गर्ने हो भने हिमालमा हिउँ जम्न छाडेको छ । हिमनदी पग्लिएका छन् । गर्मी बढेको छ । कृषिजन्य उत्पादनमा असर परेको छ । संकटापन्न जनावरहरूको संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरे पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा छ । यद्यपि नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरेको छ भने दक्षिण एशियाका १ अर्बभन्दा बढी जनसंख्याका लागि पानीको स्रोत सुनिश्चित गरेको छ । तापक्रममा वृद्धि भएसँगै हिजो ज्यादै जाडो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । अब ती ठाउँमा धानखेती गर्न सकिन्छ । त्यस्तै जलवायु परिवर्तनकै कारण चैत वैशाखमा फुल्ने गुराँस पुसमै फुल्न थालेको छ । स्याउखेतीमा पनि यस्तै देखिन थालेको छ । अर्थात् जलवायु परिवर्तनका कारण वनस्पति र जीवजन्तुमा देखिएको असरबाट हामीले के फाइदा लिन सक्छौं भन्नेमा लाग्नुपर्छ । हिजो जुन हावापानीमा कुनै फलफूल हुँदैनथ्यो अहिले त्यसका लागि अनुकूल भएको हुन सक्छ । तापक्रम वृद्धि हिमाली क्षेत्रतिर सरेसँगै ती क्षेत्रमा खेतीपाती प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ । यसका लागि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई अध्ययन गर्न लगाउन सकिन्छ । जलवायु परिवर्तनले खेतीपाती र पशुपालनमा केकस्तो परिवर्तन ल्याएर लाभ लिन सकिन्छ भन्नेमा उसलाई अध्ययन गर्न दिएर त्यसलाई कार्यान्वयनमा लैजान सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्लाई पनि त्यसतर्फ काममा लगाउन सकिन्छ । हुम्ला जुम्लामा बढी धान फलाउन सकिन्छ जसको मूल्य उच्च छ । त्यसैले जलवायु परिवर्तन समस्या हो तर समस्यामात्रै होइन लाभ पनि लिन सकिन्छ भनेर बुझ्नुपर्छ । वातावरण प्रदूषणमा नेपालको त्यति धेरै योगदान नभए पनि केही वर्षयता जथाभावी सडकलगायत भौतिक पूर्वाधार निर्माणका कार्य भने जारी नै छन् । त्यसैले धेरैथोर असर गरेको छैन भन्न सकिँदैन । त्यसैले जलवायु परिवर्तन अकस्मात् नियन्त्रणमा लिन सकिँदैन । तर, यसमा भइरहेको परिवर्तनअनुसार आफूलाई अनुकूलन गर्दै जान भने सकिन्छ ।  जलवायु परिवर्तन हुनुका कारण खोजी त्यसमा कमी ल्याउन विश्वस्तरमै काम हुन थालेको छ । तर, जलवायु परिवर्तन जुन मुलुकका कारण बढी भएको छ तिनले त्यसमा अकस्मात् नियन्त्रण गर्न सक्दैनन् । उनीहरूले प्रकृतिको अतिदोहन गरेर विकासको उचाइ चुमेका छन् तर, तिनकै कारण भएको जलवायु परिवर्तनले विपन्न र अविकसित मुलुक बढी मर्कामा छन् । त्यसैले विश्व रंगमञ्चमा नेपालले यो समस्यालाई उठाइरहेको छ ।  यी सबै कुरा सही छन् तर जलवायु परिवर्तनले असर गर्‍यो भन्दै त्यसको विरोध गर्नुको मात्रै अर्थ रहँदैन । बरु जलवायु परिवर्तनले दिएको अवसरको उपयोग गर्नेतर्फ लाग्नुपर्छ । वास्तवमा मानिसले आफूलाई जलवायु परिवर्तनसँगै अनुकूलन गर्दै ल्याएकाले नै ऊ अहिलेसम्म बाँचिरहन सकेको हो । त्यसैले अहिले जलवायु परिवर्तनले नेपालमा केके परिवर्तन आएको छ र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्नेमा काम गर्न ढिला गर्नु हुँदैन । जति नै रोइकराई गरे पनि विकसित देशहरूले जलवायु परिवर्तनको मुद्दालाई सजिलै समाधान गर्न सक्दैनन् । जलवायु परिवर्तनको आर्थिक लागतको विश्लेषण गर्दा अर्थतन्त्रलाई उनीहरूले बढी प्राथमिकतामा राख्छन् । त्यसो हुुँदा यो समस्या तत्काल समाधान हुन सक्ने देखिँदैन ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूले पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिको अवस्थामा जति थियो त्यो तहमा ल्याउने भनी वचनबद्धता व्यक्त गरेका छन् । तर, त्यसको कार्यान्वयन र अवधिमा भने विकसित र ठूला देशहरूबीच नै मतैक्य छैन । एक देशले अर्कोलाई आरोप लगाए पनि कुनै पनि देश अर्थतन्त्रलाई सुस्त पारेर जलवायुको पक्षमा काम गर्न तयार देखिएका छैनन् । त्यसैले नेपालले पनि केकस्ता असर परेको छ र त्यसबाट के कति लाभ लिन सकिन्छ भनेर काम थाल्न ढिला गर्नु हुँदैन । मुख्य कुरा अनुकूलन नै उपाय हो । कृषि उत्पादन, पशुपालन, जीवनशैलीलाई जलवायु परिवर्तनअनुसार अनुकूलन गर्नु बुद्धिमानी हुन्छ ।

कसरी जुध्ने जलवायु परिवर्तनको खतराविरुद्ध ?

जलवायु परिवर्तन यतिखेर विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण खतराका रूपमा देखापरेको छ । मौसमी परिवर्तनका कारण कृषि, सेवा र उद्योग क्षेत्र नराम्ररी प्रभावित भई आर्थिक वृद्धि, उत्पादकत्व र रोजगारीमा यसको व्यापक असर...

जलवायु परिवर्तनका असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित छन् : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, […]

जलवायु परिवर्तनको असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित : प्रम देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा […]

स्थानीय तहमा उपेक्षित जलवायुमैत्री कृषि प्रणाली

जलवायुमैत्री कृषि प्रणालीका कार्यक्रमहरू स्थानीय तहको उपेक्षित मुद्दामा परेका छन् । स्थानीय तहको नेतृत्व परिवर्तन भइरहँदा नयाँ एजेन्डासहित चुनावी मैदानमा उठेका उम्मेदवारहरूले जलवायुमैत्री कृषि प्रणालीको महत्व बुझ्न नसक्दा यी विषयहरू उपेक्षित मुद्दामा परेका हुन् ।वन, वातावरण, जैविक विविधता संरक्षणका गतिविधिहरू, जलवायु परिवर्तन न्यूनीकरण तथा जलवायु अनुकूलन कार्यक्रमहरू अन्य मुद्दाभन्दा ओझेलमा राखिएका छन् । स्थानीय तहका […]

जलवायु अनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’

–नारायण ढुङ्गाना काभ्रेपलाञ्चोकका गाउँगाउँमा सञ्चालित ज्ञानोद्यान किसानको प्राविधिक सहयोगीको आधार बन्न सफल भएको छ । कृषि समूहका निश्चित क्षेत्रमा नमुनाका रूपमा सञ्चालित सो उद्यानकै कारण किसानलाई कृषि प्राविधिक खोज्ने झन्झट करिबकरिब हटेको छ । यसले किसानलाई रोग/किरा कसरी व्यवस्थापन गर्ने, के औषधि राख्ने, प्राङ्गारिक बाली उत्पादन कसरी गर्ने र जलवायु परिवर्तन अनुकूलन खेती प्रणाली कसरी […]

जलवायु परिवर्तन: हिमालमै हिउँ छैन, कृषि क्षेत्रमा असर

जुम्ला, माघ ३। यतिबेला हिमाली जिल्ला जुम्लाका डाँडापाखा र खेतबारी हिउँले ढाकिएका हुन्थे । हिउँले ढाकिएका जमिनमा माटो रसिलो हुने र मल खेतबारीमा भिज्ने हुँदा बाली फस्टाउँथ्यो । विगतमा मंसिर सुरु हुँदा डाँडाकाडा सेताम्मे हुन्थे । पहिले चाँदीझै टल्कने डाँडापाखा यो वर्ष भने उराठलाग्दा छन् । हरेक वर्ष हिउँ कम पर्दै गएको छ । हिमपातमा […]

कृषि, किसान र जलवायु परिवर्तन

वर्तमानमा कृषि, किसान र जलवायु परिवर्तन संसारभर सबैभन्दा ठूलो चासोको विषय हो । अहिले विश्वभर करिब एक अर्ब मानिस क्रोनिकल हंगर (गम्भीर भोकमरी) बाट गुज्रिरहेका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि...

जलवायु परिवर्तन, दिगो विकास र कोप–२६

हाम्रो जस्तो दुईतिहाइ भन्दा बढी जनसंख्या आश्रित र करिब एकतिहाइ जिडिपी ओगटेको कृषि क्षेत्र मौसममा नै भर पर्ने भएकाले जलवायु परिवर्तनले कृषिमा बढी असर पार्ने निश्चित छ।...