नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको विचारलाई व्यक्तिगत स्वतन्त्रता भनेका छन् ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले आफ्नो कुरा भन्न प्रधानमन्त्रीलाई स्वतन्त्रता रहेको बताए ।
'उहाँले आफ्नो कुरा भन्नुभयो । उहाँलाई स्वतन्त्रता छ,' प्रचण्डले भने, 'एमसीसी कहाँ राष्ट्रघाती छ, देखाइदिनुपर्यो भन्नुभयो । छलफल गर्दैछौं, छलफल गरेर सहमति गर्छौं भन्नुभयो । सहमतिमै अघि बढ्छौं भनेर महत्वपूर्ण कुरा भन्न...