काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुर्याउनुपर्ने समय आएको बताएका छन् । नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा आयोजित ‘सिमानाभन्दा पर : नेपाली चलचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बदलिँदो विश्वपरिवेशलाई ध्यान दिँदै नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरे। वरिष्ठ चलचित्रकर्मी नीर […]