नेकपा एमालेले कार्यकाल बाँकी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ ।
राष्ट्रिय सभा गृहमा अहिले जनप्रतिनिधिहरूको भेला भइरहेको छ । एमालेले कार्यकाल सकिन करीब ६ महिना बाँकी रहेका जनप्रतिनिधिको भेला बोलाएको हो ।
एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन जनप्रतिनिधिहरू काठमाडौं आएको अवसर पारेर भेला बोलाइएको हो ।
एमालेले विधान महाधिवेशनमा एमालेको टिकटमा निर्वाचन जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखलाई पनि सहभागिताको लागि बो...