अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट डेढ करोड ब्यारेल कच्चा तेल झिक्ने

एजेन्सी । अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट आगामी डिसेम्बरमा एक करोड ५० लाख ब्यारेल तेल निकाल्ने भएको छ । रुस–युक्रेन युद्धका कारण उर्जा संकट चुलिंदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति उक्त घोषणा गर्नुभएको हो । कुल एक करोड ८० लाख ब्यारेल तेल रणनीतिक भण्डारबाट निकाल्ने घोषणा बाइडेनले गर्नुभएको छ । तर डिसेम्बरमा चाहीँ एक […]

सम्बन्धित सामग्री

अन्तरराष्ट्रिय बजारमा १०० डलरभन्दा तल झर्‍यो तेलको भाउ

चैत २८, पेचिङ (चीन) । अन्तरराष्ट्रिय बजारमा  सोमवार कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल १०० डलरभन्दा तल आएको छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाएको बन्दाबन्दी र अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य देशहरुले आफ्नो रणनीतिक भण्डारबाट कच्चा तेल र तेलजन्य प्रडक्ट झिक्ने योजना बनाएपछि तेलको भाउ चार डलरभन्दा धेरैले घटेको हो ।  लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ सोमवार प्रतिब्यारेल ४ दशमलव शून्य ९ प्रतिशतले घटेर ९८ डलर ५९ सेन्टमा आएको छ । यो अघिल्लो दिन कोमेक्स बन्द हुँदाको तुलनामा चार डलर २० सेन्ट कम हो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमक्स डिभिजनमा सोमवार वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ४ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल ९४ डलर शून्य ७ सेन्टमा आएको थियो । यो पनि अघिल्लो दिनको तुलनामा ४ डलर १९ सेन्ट कम हो ।  रणनीतिक भण्डारबाट तेल झिक्ने सरकारहरुको निर्णयले आगामी  महीना बजारमा देखिन सक्ने कसिलो आपूर्ति घटाउन मद्दत गर्ने र यसले निकट भविष्यमा मूल्य नियन्त्रण गर्ने विश्लेषण गरिएको छ । आईईएका सदस्य देशहरुले आगामी छ महीनामा ६ करोड ब्यारेल तेल भण्डारबाटबाट झिक्दै छन् । अमेरिकाले यस अवधिमा १८ करोड ब्यारेल कच्चा तेल निकाल्दैछ । छ महीनामा रणनीतिक भन्डारबाट दैनिक १३ लाख ब्यारेल तेल बजारमा आउने छ । यो रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाइएको प्रतिबन्धका कारण रुसी आपूर्तिमा आएको दैनिक १० लाख ब्यारेलको अभाव भर्पाई गर्न पर्याप्त हुनेछ ।  अहिले चीनमा कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोनका कारण साङ्हाईसमेत कयौं शहरमा संक्रमण बल्झिरहेको छ । ती क्षेत्रबाट संक्रमण अन्य शहरहरुमा पनि फैलिने र चीनको शून्य कोभिडको नीतिअनुसार थप क्षेत्रबाट बन्दाबन्दी भएर औद्योगिक उत्पादन र घरेलु खपतमा नकारात्मक प्रभाव पर्ने चिन्ता पछिल्लो समय उत्पन्न भएको छ । एजेन्सी

तेलको मूल्य घट्ने माहोल बनाउन अमेरिकासहितका देशको यस्तो रणनीति

एजेन्सी, ७ मंसिर । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएपछि बढी खपत गर्ने देशहरुले नयाँ रणनीति अघि सारेका छन् । मूल्य आकाशिन नदिन पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउन लागेका हुन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले रणनीतिक पेट्रोलियम संचितबाट झिक्ने घोषणा गरेका छन् । चीन, भारत, जापान र […]

भारतले संचित गरेको ८० करोड लिटर तेल झिक्ने

एजेन्सी, ७ मंसिर । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएपछि भारतले रिजर्भ गरेको झण्डै ८० करोड लिटर झिक्ने भएको छ । आकस्मिक अवस्थाका लागि संचित गरिएको पेट्रोलियम पद्धार्थ झिकेर मूल्य आकाशिने क्रमलाई रोक्न खोजेको बुझिएको छ । इन्डियन एक्सप्रेसले ५० लाख ब्यारल कच्चा तेल झिक्न लागेको उल्लेख गरेको छ । जुन ८० करोड लिटर […]