काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार दुईवटा आकाशे पुलको शिलान्यास गरेका छन्। शाक्यले वडा नम्बर ७ को चाबहिल चोक र मित्रपार्कमा पुल शिलान्याश गरेका हुन्। चाबहिल चोकमा ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइ तथा मित्र पार्कमा १६ मिटर लम्बाइ र दुई मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो।भीडभाड बढी हुने क्षेत्रमा दुर्घटना कम गर्न पुल निर्माण गर्न लागिएको शाक्