चाबहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

काठमाडौँ । काठमाडौँको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चाबहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताए । […]