व्यावसायीक क्षेत्रको विकासका लागि उद्योग मन्त्री बडूलाई चेम्बरको १९ बुँदे सुझाव

नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक क्षेत्रको समग्र विकासका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई १९ बुँदे सुझाव दिएको छ । कृषिको प्रवर्द्धन मार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादन मुलक क्षेत्रमा रुपान्तरणका लागि व्यवास्था, आयातलाई व्यवस्थित गरि निर्यात प्रवर्द्धन गर्ने लगायतका सुझाव चेम्बरले पेश गरेको हो । उद्योग मन्त्री बडूसँग सिंहदरबारमा आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको विकासका लागि स

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत ३०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १३, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : ‘भारत विकासशील देशहरूको पक्षमा छ’ भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै […]

‘भारत विकासशील देशहरूको पक्षमा छ’

एजेन्सी । भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गर्नुभएको छ । भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले भारत अल्प विकसित देशहरूको उज्ज्वल भविष्यका […]

‘भारत विकासशील देशहरूको पक्षमा छ’

एजेन्सी । भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गरेका छन् ।

‘भारत विकासशील देशहरूको पक्षमा छ’

रोम– भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गरेका छन् । भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले  भारत अल्पविकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका […]

व्यावसायिक क्षेत्र विकासका लागि उद्योग मन्त्री बडूलाई चेम्बर अफ कमर्शको सुझाव

चैत ३०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले व्यावसायिक क्षेत्र विकासका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई १९ बुँदे सुझाव दिएको छ । कृषिको प्रर्वद्धन मार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादन मुलक क्षेत्रमा रुपान्तरणका लागि गर्नुपर्ने पहल लगायतका बारेमा चेम्बर अफ कमर्शले मन्त्री बडूलाई सुझाव दिएको हो । त्यस्तै आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नका लागि आवश्यक पहल गर्नपनि चेम्बरले माग गरेको छ । उद्योग मन्त्री बडूसँग सिंहदरबारमा बुधवार भएको भेट गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रर्वद्धनका लागि औद्योगिक उत्पादन बढाउनुको विकल्प नभएको बताए । त्यसका लागि कृषिमा आत्मनिर्भर अभियान, औद्योगिक उत्पादन मार्फत निर्यात प्रर्वद्धन, आयात प्रतिस्थापन तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीपलाई स्वदेशमा सदुपयोग गर्नुपर्ने अध्यक्ष मल्लले बताए । ‘विदेशमा सिकेको सीपलाई उत्पदनमुलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाई पुनरुत्थान गर्न सकिन्छ’ उनले भने । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न पीपीपी अवधारणामा संचालन हुने पूर्वाधारमा लगानी गर्न विप्रेषण आप्रवाह कोष खडा हुनुपर्ने मल्लले बताए । ‘बैंकिङ च्यानलबाट आउने विप्रेषणको १० प्रतिशत रकम जमा गर्नका लागि विप्रेषण आप्रवाह कोष खडा गरिनु पर्छ’ उनले भने, ‘सो कोष मार्फत जलविदुत तथा अन्य पूर्वाधार परियोजनाको आईपीओ र एफपीओमा लगानी गर्न सुरक्षण प्रदान गरिनुपर्छ ।’ सरकारको ढुकुटीमा रहेको र बर्षेनी खर्च हुन नसकेको पूँजीलाई वाणिज्य बैंकमार्फत आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि लगानीको उचित व्यवस्थापन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो । पछिल्लो समय व्यापार घाटाको मूख्य कारण इन्धन आयात रहेकाले त्यसको न्यूनीकरणका लागि विद्युतीय उपकरणहरुको प्रयोग अधिकतम बढाउनेगरि नीतिगत व्यवस्था गर्न चेम्बरले ध्यानाकर्षण समेत गराएको छ । जवाफमा मन्त्री बडूले मुलुकको आर्थिक समृद्धि र विकासको साझा लक्ष्य पुरा गर्न सरकार र निजीक्षेत्रबीच सहकार्यमा दुई मत नरहेको बताए । औद्योगिक क्षेत्र लिजमा लिएर पनि प्रयोग नभएको पाईएकाले त्यस्ता क्षेत्रमा उद्योग चलाउने वातावरण बनाउने मन्त्री बडुले बताए ।