व्यावसायिक क्षेत्र विकासका लागि उद्योग मन्त्री बडूलाई चेम्बर अफ कमर्शको सुझाव

चैत ३०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले व्यावसायिक क्षेत्र विकासका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई १९ बुँदे सुझाव दिएको छ । कृषिको प्रर्वद्धन मार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादन मुलक क्षेत्रमा रुपान्तरणका लागि गर्नुपर्ने पहल लगायतका बारेमा चेम्बर अफ कमर्शले मन्त्री बडूलाई सुझाव दिएको हो । त्यस्तै आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नका लागि आवश्यक पहल गर्नपनि चेम्बरले माग गरेको छ । उद्योग मन्त्री बडूसँग सिंहदरबारमा बुधवार भएको भेट गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रर्वद्धनका लागि औद्योगिक उत्पादन बढाउनुको विकल्प नभएको बताए । त्यसका लागि कृषिमा आत्मनिर्भर अभियान, औद्योगिक उत्पादन मार्फत निर्यात प्रर्वद्धन, आयात प्रतिस्थापन तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीपलाई स्वदेशमा सदुपयोग गर्नुपर्ने अध्यक्ष मल्लले बताए । ‘विदेशमा सिकेको सीपलाई उत्पदनमुलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाई पुनरुत्थान गर्न सकिन्छ’ उनले भने । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न पीपीपी अवधारणामा संचालन हुने पूर्वाधारमा लगानी गर्न विप्रेषण आप्रवाह कोष खडा हुनुपर्ने मल्लले बताए । ‘बैंकिङ च्यानलबाट आउने विप्रेषणको १० प्रतिशत रकम जमा गर्नका लागि विप्रेषण आप्रवाह कोष खडा गरिनु पर्छ’ उनले भने, ‘सो कोष मार्फत जलविदुत तथा अन्य पूर्वाधार परियोजनाको आईपीओ र एफपीओमा लगानी गर्न सुरक्षण प्रदान गरिनुपर्छ ।’ सरकारको ढुकुटीमा रहेको र बर्षेनी खर्च हुन नसकेको पूँजीलाई वाणिज्य बैंकमार्फत आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि लगानीको उचित व्यवस्थापन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो । पछिल्लो समय व्यापार घाटाको मूख्य कारण इन्धन आयात रहेकाले त्यसको न्यूनीकरणका लागि विद्युतीय उपकरणहरुको प्रयोग अधिकतम बढाउनेगरि नीतिगत व्यवस्था गर्न चेम्बरले ध्यानाकर्षण समेत गराएको छ । जवाफमा मन्त्री बडूले मुलुकको आर्थिक समृद्धि र विकासको साझा लक्ष्य पुरा गर्न सरकार र निजीक्षेत्रबीच सहकार्यमा दुई मत नरहेको बताए । औद्योगिक क्षेत्र लिजमा लिएर पनि प्रयोग नभएको पाईएकाले त्यस्ता क्षेत्रमा उद्योग चलाउने वातावरण बनाउने मन्त्री बडुले बताए ।

सम्बन्धित सामग्री

‘सरकारले उद्योग चलाउने होइन, नियमन गर्ने होः उद्योग मन्त्री रिजाल

मन्त्री रिजालले सरकारले कृषि, उद्योग, जलविद्युत् वा पर्यटन कुन क्षेत्रलाई बढी प्रथामिकता दिने हो त्यस विषयमा प्रष्ट खालको नीति र भिजन चाहिने बताए। ‘हाम्रो पुरानो कार्यशैली परिवर्तन गर्नैपर्ने हुन्छ।...

उद्योग मन्त्री रिजाल र इटालीका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २२ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इटालीका गैर–आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानी लगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै कायम रहेको सुखद र […]

विज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तयार छौं– उद्योग मन्त्री रिजाल

काठमाडौं, २५ चैत्र। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग व्यवसायको व्यावसायिक हितकालागि सरकार सधै तैयार रहेको बताएका छन् । बर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशातिर उन्मुख भएको भन्दै मन्त्री रिजालले विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकार संग सहकार्य गरी अगाडि बढन् आव्हान समेत गरे । राष्ट्रिय विज्ञापन संघ ‘नान’ को प्रारम्भिक […]

जीर्ण उद्योगहरु सरकारले चलाउन सक्दैन : उद्योग मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकार एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को अनुगमनका क्रममा उद्योग मन्त्री बडूले निजी क्षेत्र र सरकारको साझेदारीमा पनि चलाउन नसक्ने उद्योगहरुको हकमा सरकारलाई राजस्व दिएर निजी क्षेत्रले आफैले चलाउन सक्ने टिप्पणी गरेका छन् ।‘तपाई आफै उद्योग चलाउनुस् भनेर निजी क्षेत्रलाई गुहार्नुपर्ने अवस्था छ, विशेष औ

मुलुकको अर्थतन्त्र सकारात्मक छैनः उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताएका छन्।...

निजी क्षेत्रको उत्साहपूर्ण सहभागिता खोजिरहेका छौँः उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रको सहभागितामा रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताएका छन्।...

उद्योग मन्त्री बडू र पूर्वसचिवहरूबीच छलफल

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य क्षेत्रका पूर्वसचिवहरूसँग छलफल गरेका छन् । शुक्रबार भएको छलफलमा परिवर्तित सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्वका विविध विषयमा छलफल भएको हो । त्यसअवसरमा मन्त्री बडूले पूर्वसचिवहरूका अनुभव र सुझावले वर्तमानमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षाले लिएका छन् । उनले प्राप्त सुझाव कार्यान्वयन […]

म बदनाम हुन चाहिनः उद्योग मन्त्री हमाल

उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।...

विवादपछि उद्योग मन्त्री हमालद्वारा राजीनामा घोषणा

नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।