वेदव्यासको १०८ फिट अग्लो मूर्ति बन्ने

तनहुँको दमौलीस्थित व्यास क्षेत्रमा वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण हुने भएको छ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा निर्माण हुने १०८ फिटको व्यासको मूर्तिसहित अन्य संरचना निर्माणका लागि ६२ करोड ८५ लाख ५ हजार २११ रुपैयाँ लाग्ने अनुमान गरिएको व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।

सम्बन्धित सामग्री

नारायणहिटीस्थित चतुर्व्यूह नारायण मन्दिरमा बुद्धको मूर्ति स्थापना

काठमाडौं : नारायणहिटीस्थित चतुर्व्यूह नारायण मन्दिर परिसरमा शाक्यमुनि बुद्धको मूर्ति स्थापना गरिएको छ।वर, पिपल र स्वामीको एउटै रुखमुनि नारायणहिटी-नारायणस्थान गुठी व्यवस्थापन समितिले शुक्रबार प्राणप्रतिष्ठा गरी बुद्धको मूर्ति स्थापना गरेको हो। राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले मूर्ति अनावरण गरे।मन्दिर परिसरमा विभिन्न देवीदेवताका मन्दिर तथा मूर्ति रहेका थिए। अब बुद्धको समेत प्रतिमा स्थापना भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीको एकै स्थानमा आस्थाको केन्द्र बन्ने गुठीका अध्यक्ष रोहिण

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दीनदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ । काठमाडौँ र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब रु डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ । यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि रु दुई लाख खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । समितिको जग्गामा दुई सय २० केभी प्रसारण लाइन विद्युत्को तारमुनि पर्ने र १३ आना जमिनमा टावरसमेत राखेपछि साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट रु ७३ लाख र टावर राखेबापत रु ७२ लाख प्राप्त गरेको थियो । उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिङ्ग बनाउने योजना बनाएर विसं २०७८ वैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो । हाल धारा र शिवलिङ्ग बनाउने कार्यसमेत अघि बढिरहेको समितिले जनाएको छ । समितिका अनुसार रु ७३ लाख बेँसीसहरमा एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन–तीन महिनामा रु एक लाख ५० हजार ब्याज आउने गरेको छ । उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको रु ६३ लाखबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी रु ३० लाख, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष रु १० लाख, सामाजिक विकास कार्यालयबाट रु १० लाख, पूर्वाधार विकास कार्यालयबाट रु २० लाख, राइनास नगरपालिकाबाट रु एक लाख ५० हजार समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए । त्यस्तै महादेवको मूर्ति स्थापनाका लागि चन्दा संकलन भइरहेको र अघिल्लो वर्षदेखि हालसम्म रु १४ लाख उठेको तथा धारा र शिवलिङ्ग बनाउनका लागि रु ११ हजार एक सय ११ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ । यस अभियानबाट हालसम्म रु चार लाख बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए । हिन्दू धर्म मान्ने मान्छे घट्दै गइरहेका बेलामा त्यसलाई रोक्न, हिन्दू धर्मको जगेर्ना गर्न यस्ता पूर्वाधार निर्माणले सहयोग पुग्ने अपेक्षाले निर्माण गरिएको उनको भनाइ छ । मर्स्याङ्दीनदीमा स्नान गर्न, सत्बिज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । तीर्थस्थल बन्दै गएको मर्स्याङ्दीनदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा–टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ । डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ । सो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा धारा र शिवलिङ्ग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ । जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए । रासस

महादेवको मूर्ति निर्माणपछि फेरीएको पुम्दिकोट

अन्नपूर्ण– पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।  एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सरांकोट धेरैको रोजाइ थियो । […]

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

काठमाडौँ, ३ चैत । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए । समझदारीपत्रमा अन्तर्राष्ट्रिय […]

सराङकोटमा ६१ फिट अग्लो गणेशको मूर्ति बन्ने

कास्की – पोखरा उपमहानगरपालिका १८ काे सराङकोटमा ६१ फिट अग्लो पन्चमुखी गणेशको मूर्ति बन्ने भएको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको समन्वयमा गणेशको मूर्ति निमार्ण हुन लागेको हो । गणेशको मूर्ति स्थापना गर्न बुधवार पोखराका मर्यर धनराज आचार्यले शिलान्यास गर्नुभयाे । शिलान्यास कार्यक्रममा मेयर आचार्यले गणेशकाे मूर्तिले पाेखरा आउने पर्यटकलाई थप आकर्षण थप्ने बताउनुभयाे ।  सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य, हिमाल, फेवाताललगायतका रमणीय दृश्य देख्न सकिन्छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समित...

पुम्दीकोटको महादेव मूर्ति मौलिक पर्यटनको केन्द्र बन्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणकै क्रममा रहेको महादेवको मूर्ति नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताएका छ्न । शनिबार महादेवको मूर्ति अवलोकन गर्दै मन्त्री शर्माले नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताए ।महादेवको मूर्तिले संस्कृतिक र राष्ट्रियतालाई स्थापित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । सो महादेवको मूर्तिले पुम्दीकोट क्षेत्रको मात्र नभई पोखरा र […]

मुक्तिनाथमा ढुंगाको विष्णु मूर्ति बन्‍ने

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिक्षेत्रमा विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ । उक्त क्षेत्रमा बुद्धको मूर्तिकै उचाईमा ढुंगाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले मंगलबार ५० लाख दिने घोषणा गरेका छन् ।

जापानमा नेपाली शैलीको मूर्ति

नेपाली मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानमा बनेको ‘बुद्धको विशाल मूर्ति’ कै निर्माणस्थलमा नेपाली शैलीको अर्को मूर्ति पनि बन्ने भएको छ । मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानको कुमामोतो जिल्ला, खामीआमाकुसा क्षेत्रमा सन् २०१६ देखि सन् २०२२ सम्ममा बुद्धको विशाल मूर्ति निर्माण भएको थियो । सोही स्थानमा नेपाली शैलीको अर्को मूर्ति बनाउन सुरु भएको छ । कलाकार मितेरीले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कला संवाद कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो । पाँच वर्षभित्र जापानको खामीआमाकुसाको विशाल ढुङ्गामा बुद्धको मूर्ति बनाउने लक्ष्यले कलाकारको भिसामा जापान पुग्नुभएका कलाकार मञ्जुलको टोलीलाई मूर्ति बनाउन करिब छ वर्ष लागेको थियो ।