लोकान्तर समाचार प्रभाव : भिजिट भिसामा खाडी राष्ट्रमा जान रोक

गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरू र मलेसिया जान रोक लगाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा खाडी जान रोक लगाएको जनाएका छन् । यसअघि लोकान्तर डट्कमले माघ ५ गते ‘ सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार लोकान्तरमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयद्वा...