एजेन्सी । सिरियामा एक दशक पहिले शुरू भएको गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सको तथ्याङ्कअनुसार द्वन्द्वका कारण एक लाख १७ हजार ३८८ नागरिकको मृत्यु भएको र तीमध्ये २२ हजारभन्दा बढी बालबालिका रहेका छन् । सिरियाली सत्ताधारी समूह र सहयोगी सैन्य लडाकूले गरेको आक्रमणमा अधिकांश नागरिकको मृत्यु भएको मानवअधिकारवादी संस्थाले