काठमाडौं महानगरका स्वास्थ्य कार्यक्रम

काठमाडौं महानगरपालिकाले २०७९ असार ५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि विशेष महत्व दिएको छ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका निम्न बुँदा समेटिएको छ: १. स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ । […]

सम्बन्धित सामग्री

चितवनको खैरहनी नगरपालिकामा ‘बाआमा स्वास्थ्य कार्यक्रम’ सुरु

काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका–१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गरेका हुन् । नगरप्रमुख खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तीमा चार महिनामा एकपटक रक्तचाप, […]

हिमाली जिल्ला मुगुमा निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति

काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई ओटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको विशेष सहयोगमा उक्त शिविरहरू आयोजना गरिएको हो । उक्त दुई ओटा आँखा शिविरमार्फत १ हजार १ सय १८ जना बिरामीहरूको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रियासमेत भएको छ । उक्त शिविरमार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरू समेत लाभान्वित भएका छन् । चैत १५ गतेदेखि १७ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरूमध्ये  मोतिबिन्दु देखिएकोमा ६५ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । त्यस्तै मुगुकै खत्याड गाँउपालिकामा चैत २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतिबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरीसमेत गरिएको थियो । दुई ओटै शिविरमार्फत ४८४ जना बिरामीहरूलाई निःशुल्क चस्मासमेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहिन बस्न नपरोस् भन्ने हेतुले संघले देशैभर निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताए । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।   मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ । मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्छ । तर, पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य काममा फर्कन सक्छन् । नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभर निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेत्रज्याति संघले हाल देशभरमा २७ ओटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरूमार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

स्वास्थ्य कार्यक्रम `द यती शो´को एक सय शृंखला पूरा

काठमाडौं : स्वास्थ्य सम्बन्धी जानकारीमूलक भिडियो अन्तरवार्ता कार्यक्रम `द यती शो´ले एक सय शृंखला पूरा गरेको छ।फेमेली हेल्थ नेपालको प्रोडक्सन रहेको र यूट्युबबाट प्रसारण गरिने यो कार्यक्रम ‘इभिडेन्स बेस’ स्वास्थ्यका विषयमा वैज्ञानिक अन्तरवार्ता लिइने कार्यक्रम हो।फेमेली हेल्थ नेपालका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तले इभिडेन्स बेस स्वास्थ्यको एउटा भिडियो कार्यक्रमका रूपमा परिकल्पना गरिएको हो जानकारी दिए।पन्तले आफूहरूले जनमानसमा सही र तथ्यपरक सूचना दिने उद्देश्यले यू

दमक अस्पतालमा अब नसर्ने रोगको पनि उपचार

झापा : सरकारी अस्पतालका रूपमा विकास हुँदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ। अस्पतालका अध्यक्षसमेत रहेकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग नगरपालिकाले सम्झौता गरेको जानकारी दिए। बिहीबार नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष प्राडा भगवान् कोइरालाबीच त्यस विषयमा सम्झौता भएको थियो। उक्त कार्यक्रमअन्तर्गत कार्डियो (मुटु)‚ मधुमेह, सिओपिडी र ...

१ खर्ब ८० अर्ब लागत प्रक्षेपण : RajdhaniDaily.com -

१ खर्ब ८० अर्ब लागत प्रक्षेपण: RajdhaniDaily.com | काठमाडौं । सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यमकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यमकालीन खर्च संरचना आर्थिक वर्ष -

नेपाल आँखा अस्पतालद्वारा ८ सय परिवारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं- नेपाल आँखा अस्पतालले कोरोना संक्रमण रोकथामका लागि सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेका स्थानमा नि:शुल्क स्वास्थ्य सामग्री (हाईजिन किट) वितरण गरेको छ। अस्पतालले...

प्रदेश नं ३ को वार्षिक स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं- प्रदेश नं ३ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी हेटौँडामा सम्पन्न भएको छ। पहिले हरेक विकास क्षेत्रमा क्षेत्रीय स्तरमा गोष्ठी हुन्थ्यो भने देश संघीयतामा गएपछि सातै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी बनाउने उद्देश्यले प्रदेश ३ ले यो कार्यक्रम गरेको हो।  यसअघि यस्तो गोष्ठी प्रदेश नं&n...