आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लामो समयसम्म नेपालको हवाई क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धानेको थियो । तर, लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको हो ।
निर्माणकार्य पूर्णरूपमा सम्पन्न भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपछि आजदेखि विमानस्थल सञ्चालनमा आउने भएको हो । विमानस्थल आजदेखि सञ्चालनमा आएपनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा चल्ने छ ।
यो विमानस्थल २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब...