भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म आयोजना हुने सिजी प्रोपर्टिज नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३ को तयारी पूरा भएको छ । प्रदर्शनीका लागि आवश्यक सवै प्रक्रिया पूरा गरेर अहिले आयोजकहरु स्टल निर्माण गर्दै आ–आफ्नो स्टललाई आकर्षक र व्यवस्थित गर्न लागि परेका छन् । मेलाका लागि पत्राचार, कार्यक्रम सुनिश्चितता लगायतका सम्पूर्ण कार्य सम्पन्न […]
काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन आज आयोजित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सवारीसाधनमा २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर छन् […]
चितवन– जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा सार्वजनिक, १६ वटा निजी र ३ वटा राजनीतिक दलका कार्यालयहरूमा भौतिक क्षति पुगेको थियो । संघ, प्रदेश, स्थानीय तह, वडा कार्यालय, राजनीतिक दल तथा जनप्रतिनिधिहरूको घरमा भएको क्षति जोड्दा […]
• बटु लामिछाने नवीकरणीय एवं ऊर्जा समिति सभापतिमा मनोनीत।• महासंघले समितिको कामको त्रैमासिक समीक्षा तथा मूल्यांकन गर्ने।• लामिछाने बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन्। नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य तथा ऊर्जा उद्यमी बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको […]
काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार क्युरेनीटार र बेल्खु भुतियामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र […]