कालापानी क्षेत्रमा भारतले संरचना निर्माण गरिरहँदा सरकारको मौनता सन्देहास्पद : एमाले

नेकपा (एमाले)ले नेपाली भूभाग कालापानीमा भारत गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता सन्देहास्पद रहेको जनाएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् ।