पुलिस र आर्मीले बराबरी खेल्दा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि

काठमाण्डौ – राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको हो ।  बुधवारकाे खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो ।  बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरी...

सम्बन्धित सामग्री

क्रिकेट रङ्गशाला निर्माण सरकारको दायित्व : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबारदेखि चितवनमा सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए । उनले भने, “अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ । मैले आफ्नो ठाउँबाट अघि बढाउनका ल

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

मोरङ – चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ। विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी […]

महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमा हुनेछ । लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।  महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबगरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ ।विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वाल

कोरोनाका कारण राष्ट्रिय महिला लिग स्थगित

९ माघ, काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर […]

महिला लिगमा वालिङ र आर्मी विजयी

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।  यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन । ...

एपिएफलाई पछ्याउँदै आर्मी

त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको एपिएफसँगको दुरी दुई अंकमा छोट्याएको छ । मंगलबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई २–० ले पराजित गर्दै आर्मीले आफूलाई...

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो ।  सातदोबाटोस्थित एन्फा एकेडेमीको...

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...

राष्ट्रिय महिला लिग फुटबलमा सुदूरपश्चिमाञ्चल विजयी

काठमाडौं,पुस २० – राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल विजयी भएको छ । ललितपुरको एन्फा कम्पलेक्स सातदोबा...