महिला लिगमा वालिङ र आर्मी विजयी

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।  यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन । ...

सम्बन्धित सामग्री

राष्ट्रिय महिला लिग : आज तीन खेल हुँदै

चितवन : राष्ट्रिय महिला लिग फुटबलमा आज तीन खेल हुँदैछन्। चितवनको भरतपुरमा जारी लिगमा शुक्रवार पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ।यस्तै‚ दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।बिहीवारदेखि सुरू भएको लिगमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। एपिएफको जितका लागि कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीबाट रश्मि गुरुङले एक गोल गरिन्।यस पटक लिगको पहि