पाहुना टोली युनाईटेड दार्जिलिङलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब वुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ। बुटवल ११ देविनगर स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार दार्जिलिङलाई २-०ले हराउँदै नेपाल पुलिस अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसको जितमा रवि पासवान र मिनल राईले एक-एक गोल गरे।