नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।...
काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् । ‘अध्यक्ष प्रचण्ड […]
काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। खुमलटारस्थित निवासमा आज बिहान बेरीले विदाई भेट गरेको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ। सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ दिएका थिए।
काठमाडौं, २४ कार्तिक । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी छठ पर्व मनाउनको लागि धार्मिक सहर जनकपुर पुगेका छन् । उनले छठ घाट पोखरीमा बसेर तस्विरसमेत सार्वजनिक गरेका छन् । उनीसँगै युएसआईडीकी निर्देशकपनि जनकपुर पुगेकी छिन् । राजदूत बेरीले जनकपुर पूनः आउन पाउँदा भाग्यमानी भएको महशुस गरेको पनि उल्लेख गरेका छन् । साथै, छठ […]
काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बिहीबार प्रधान सेनापति प्रभुराम शर्मालाई भेटेका छन्। सैनिक जङ्गी अड्डा पुगेर ब्यारीले शर्मासँग भेटघाट गरेका हुन्। भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। बिहीबार नै प्रधानसेनापती शर्मा र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबीच पनि भेटवार्ता […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका थिए । ट्वीटरमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने बेरीले उल्लेख गरेका छन् ।
काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्यान्डी बेरी जानकारी दिए । सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । राजदूत बेरीले भेटपछि ट्वीटरमा लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छल
२८ पुस, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले गत हप्ता अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणले आफूलाई दु:खित र स्तब्ध बनाएको बताएका छन् । राजदूत बेरीले एक विज्ञप्ति प्रकाशित गरी राजदूत बेरीले शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रजातन्त्रको हलमार्क र शान्तिपूर्ण विमति भएको बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक विपक्षीहरुप्रति कानुनविहीनता, हिंसा, धम्की […]