प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नी धर्मपत्नी, भाइ, परिवारका अन्य सदस्य, नातेदार, बिचौलिया समेतको भ्रष्ट गिरोह नै खडा गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ ।
वृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले राणाविरुद्ध आइतवार विभागमा उजुरी दिएका हुन् ।
उजुरीमा राणाले गैरकानूनी ढंगले सम्पत्ति आर्जन गरेको उदाहरण पनि पेश गरिएको छ ।
उजुरीमा लेखिएको छ–
उदाहरणका लागि चोलेन्द्र शमशेर जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध रूपमा आर्जन गरेको करोडौं रूपैय...