जनकपुरधाम– प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी तिवारी आफ्नै मतदाताबाट घेराबन्दीमा परेकी छिन्। महोत्तरीको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तिवारीलाई उनकै निर्वाचन क्षेत्र चकवाका स्थानीय युवाहरुले घेराबन्दी गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा निरीक्षण गर्न गएकी सांसद तिवारीलाई स्थानीयहरुले विकास निर्माणको काममा व्यापक अनियमितता गरेको भन्दै चौतर्फी रुपमा घेरावन्दीमा पारेका थिए। निर्माणाधीन थरुवाही–चकवा […]