सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ ।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला आइतवार सुनाएको हो ।
साथै सर्वोच्चले एकीकरण अघिका साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा कायम रहने फैसला पनि सुनाएको छ ।
पुन: एकीकरण गर्ने हो भने निर्वाचन आयोगमा पुन: जानुपर्ने पनि फैसलामा उल्लेख छ ।