सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन आह्वान गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरीबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि केही