मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद...
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ५ सिसाखानीस्थित गङ्याका किसानले बारीमा गरेको फापर खेती । आजभोली गाउँमा फापरखेती लोप हुँदै गएको छ । तस्वीर: रासस
जुम्ला – पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन । व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन […]
सिन्धुली । सिन्धुलीमा फापर खेती फस्टाउदै गएकाे छ । सिंचाई आवश्यक पर्ने सुख्खा खेत बारीहरुमा समेत राम्रोसँग फल्ने र मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापर खेती फस्टाएकाे हाे । विगत वर्षहरुको तुलनामा यसपाली फापर फस्टाएपछि सिन्धुलीका फापर खेती गर्ने किसानहरुको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भाद्र, असोज र कार्तिक महिना र फापरको […]
लमजुङ– समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिबेला फापर खेतीले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों- १, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ- ९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्रायस जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज […]
ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो । जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । […]