नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच