पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् । विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाइन् । द्रु