गुड फ्राइडे अर्थात् राम्रो शुक्रबार । प्रायः शुक्रबार उपत्यका वरपरका होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा लजहरु भरिभराउ हुन्छन् । भोलिपल्ट शनिबार छुट्टिको दिन भएकाले पनि छुट्टि मनाउन मान्छेहरु यसरी बाहिरिने गर्छन् । खासगरी उपत्यका नजिकका नगरकोट, धुलिखेल, चन्द्रागिरी, नुवाकोट, धादिङ लगायतका उपत्यका आसपासका क्षेत्रमा गुड फ्राइडे मनाउनेहरुको बाक्लो भिड लाग्ने गर्छ ।विशेषगरी शुक्रबारको दिन होटल बुकिङमा चाप पर्ने र सोको व्यवस्थापनमा निकै कठिन पर्ने गरेको धुलिखेलका होटल व्यवसायी इन्द्र लामा बताउँछन् ।&