हकप्रद निष्कासन गर्ने तयारीमा रहेको एक्सेल डेभलपमेण्टको खुद नाफा ३२% बढ्यो

साउन ३२, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ३२ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. १० करोड ३६ लाख ६२ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा रू. १३ करोड ७० लाख ५४ हजार पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा ३१ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २ प्रतिशतले कमी आएको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ७८ रहेकोमा गत आवमा वृद्धि भएर रू. १६ दशमलव ९० पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । जगेडामा कम्पनीले रू. २९ करोड ७७ लाख १० हजार, रिटेण्ड अर्निङमा १९ करोड ९७ लाख २६ हजार र शेयर प्रिमियममा रू. ४८ लाख ९० हजार सञ्चित गरेको हो ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा रू. ९ करोड ९६ लाख  ६९ हजार रहेको छ । मूल्य आम्दानी अनुपात ५० दशमलव ३०, तरलता अनुपात २१ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव ८७ रहेको छ ।  कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले रू. एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । बार्डबाट कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ३१ गते अनुमति दिएको हो ।  विक्री प्रबन्धक एनआइबिएल एसक क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाख भन्दा बढी पुग्नेछ ।                                                                स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण   

सम्बन्धित सामग्री

४०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा आइएमई जनरल इन्स्योरेन्स

फागुन ३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हालसम्ममा कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने प्रकाशित गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी रू. १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महीनामा अर्थात् दोस्रो त्रैमाससम्ममा रू. १२ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने १९ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड २ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १९ करोड ७३ लाखमा झरेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. ३० करोड ४२ लाख र बीमा कोषमा रू. ५३ करोड ५ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको कुल बीमाुशल्क आर्जन गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७१ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८२ करोड ६६ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९७, मूल्य आम्दानी अनुपात ५३ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ११ रहेको छ ।