पेट्रोलियम पदार्थको मूल्य घट्दा मौन रहेको नेपाल आयल निगमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो ।