जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अतिक्रमित जग्गा खाली गराएको छ । प्रशासनले संविधान सभा सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्रावमीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिंदा समेत अटेर गरेपछि आइतबार डोजर चलाएको हो ।