नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ती गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड छ । प्राप्ती पश्चात् सहमतिअनुसारको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्ब हुनेछ ।