यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मङ्गलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ ।
झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी छ । विभागले तीन...