काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा भए पनि साझा विषयमा सहकार्य गर्न सकिने उल्लेख गरे । प्रधानमन्त्रीले नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन सबैको साझा भएको बताए ।