कोरोना महामारी सुरुभएपछि नेपाल भित्रियो करिब एक अर्बको फेस मास्क

काठमाडौं। कोरोना महामारी सुरु भएपछि नेपालमा ९१ करोड ९३ लाख ९७ हजार रुपैयाँको फेस मास्क भित्रिएको छ। भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत महिनासम्म ५६ करोड १३ लाख ९१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रिएको छ। यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको थियो।

सम्बन्धित सामग्री

कोरोना महामारीमा ४ अर्बको मास्क नेपाल भित्रियो

नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो । पहिलो पटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएक